रेल दुर्घटनामा परि मुम्बईमा एक नेपालीको मृत्यु - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

रेल दुर्घटनामा परि मुम्बईमा एक नेपालीको मृत्यु



हरि महर /मुम्बई माघ २९ 

नेपालको अछाम जिल्लामा बाब्ला गा बि स वाड नं ५ ,हाल मुम्बईमा भायन्दर ईन्द्रलोकमा बस्दै आएका बर्ष बिस बर्षीय खम्म सुनारको डाहनु देखि बोरिवली जाने क्रममा रेल दुर्घटनामा परी मृयु  भएको छ ।

उनको सवलाई  शताब्दि  हस्पिटल कान्दिवलीमा राखिएको थियो । एक्लै यात्रा गरेको हुनले घटना कसरी भयो भन्ने बारे जनाकारी आउन सकेको छैन । उक्त घटना  ८ फेब्रुअरीमा घटेको थियो यद्दपी  मृतका पकेटमा साथीको मोबाइल नम्बर हुनाले  रेल्वे पुलिसले  उक्त साथीलाई फोन सम्पर्क गरे पछि उनका दाजु रमित सुनार सहित अन्य नेपाली दाजु भाइ, संघसंगठनका पर्तिनिधी हरु हस्पिटलमा उपस्थित भएका थिए   ।
मृतका आपन्तको उपस्थितिमा शुक्रबार बोरेवली स्थित दौलत नगर सम्सान घाटमा उनको  अन्तिम दाहसंस्कार  गरिएको  छ। मृतक होटेलमा २-३ दिन देखि मात्र नोकरी गर्दै आएका थिए । दाजु र अन्य आफन्त हरु दुर्घटना कसरी भयो र रेल्वे देखि क्षेतीपुर्ती लिनको लागि अगाडि को प्रक्रिया बारे चासो नलिएको बुझिन्छ । नेपालीहरु भारतमा हुने घटनामा प्रसाशन सङ्ग कुरा गर्न डराउनु अससंगठित हुनु  र अशिक्षित रहेको मुख्य कारण भएको बताउछन  ।

प्रवासी नेपाली संघ भारत , मिरा भायन्दर नगर समिति सचीव दिपक सावदले  उक्त घटनाको जानकारी दिनु भएको थियो ।