रेखा मोह ! - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

रेखा मोह !



सोमवारमात्र सुटिङ सकिएको फिल्म ‘मालिका’ को अभिनेत्री तथा निर्देशक रेखा थापाले प्रचार-प्रसार गर्न सुरु गरेकी छिन् । बुधबार उनले रुकुमको चौर जहारीमा पुगेर उपस्थित हजारौं दर्शकलाई फिल्मको बारेमा जानकारी दिइन् । उनले चौर जहारीका दर्शक आफ्नो पछिल्लो फिल्मलाई लिएर निकै उत्साहित भएको बताइन् । ‘सुरुमा त उहाँहरुलाई नाम नै राम्रो लागेछ’, रेखाले सुनाइन्, ‘फिल्मको मुख्य विषयवस्तु भनेपछि विशेष गरी महिलाहरु उत्साहित भएको पाएँ ।’

रेखाको आफ्नै निर्देशन रहेको ‘मालिका’ बालबिबाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित छ । उनले देशका हरेक गाउँ तथा शरहरमा महिला शशक्तिकरण केन्द्रित कार्यक्रम गरिने समेत बताइन् ।रुकुममा रेखा थापाप्रतिको क्रेज देखेर फिल्मका कार्यकारी निर्माता नर बहादुर कार्की चकित भए । ‘रेखाजीलाई हेर्नकै लागि महिलाहरु घण्टौं हिँडेर चौर जहारीमा आएका थिए’, कार्कीले भने, ‘यसले दर्शकहरु नेपाली फिल्म र कलाकारप्रति उत्साहित छन् र माया गर्छन् भन्ने देखाउँछ ।’

‘मालिका’मा नर बहादुरको पनि अभिनय छ । आउँदो तिहारलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्ममा रेखा र कार्कीसँगै जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको पनि मुख्य भूमिका रहेको छ । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् ।