रेखाको थापाको बिजोग - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रेखाको थापाको बिजोग



काठमाडौं -नेपालका केही सक्रिय अभिनेत्रीहरुमध्ये रेखा थापा पहिलो नम्बरमा आउँछन् । फिल्म र राजनीति दुवैतिर पाइला राखेकी अभिनेत्री रेखा पछिल्लो समय त क्रिकेट खेलसँग पनि जोडिएकी छन् । नेपालमा हुन लागेको पहिलो महिला क्रिकेट लिगमा उनी एउटा टिमकी मालिक्नी हुन् ।

पछिल्लो समय बनाएकी फिल्मले हावा खाइरहेका छन् । त्यसैले रेखा यसको कारण खोज्न ब्यस्त थिइन् । उन्ततः उनले यसको कारण फेला पारेकी छन् । रेखाले फिल्मप्रति दर्शकको विश्वासनियता खस्कनुमा कलाकार र सञ्चारकर्मीको निकट सम्बन्ध रहेको निष्कर्ष निकालेकी छन् ।

उनले एक टेलिभिजन अन्वार्तामा भनिन्, ‘पहिले फिल्मकर्मी र सञ्चारकर्मीको निकट सम्बन्ध भएपनि मिडियामा आलोचना गरिन्थ्यो । तर, विगत छ–सात वर्षदेखि हरेक फिल्मकर्मीको पकेटमा मिडिया छ । पत्रकारहरु चाहेर पनि फिल्मको आलोचना गर्न सक्दैनन् ।’

तर, रमाइलो कुरा के छ भने जोसँग उनले यो कुरा बताइरहेकी थिइन्, उही सञ्चारकर्मीलाई उनी पकेटमा लिएर हिँड्थिन् । फिल्ममा मात्र होइन, बाहिर पनि रेखा दोहोरो भूमिका देखाउन माहिर छन् ।

यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।