‘रोयल ट्रेजर’ को ब्रान्ड एम्बेसडरमा रेखा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘रोयल ट्रेजर’ को ब्रान्ड एम्बेसडरमा रेखा



अभिनेत्री रेखा थापा हिमालयन डिस्टिलरी लिमिटेडको नयाँ उत्पादन ‘रोयल ट्रेजर प्रिमियम ह्विस्की’ को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । उनी १ वर्षका लागि २ महिना अगाडि मात्र यो ब्रान्डसँग जोडिएकी हुन् ।
निकै कम ब्रान्डसँग आबद्ध उनीले यसका लागि ट्याक्स तिरेर झण्डै २० लाख बुझेको खबर प्राप्त छ । अब उनले ‘रोयल ट्रेजर’ को हरेक विज्ञापनमा काम गर्नुपर्ने छ भने यसका हरेक कार्यक्रममा आफ्नो उपस्थिति जनाउनु पर्नेछ ।

अब एक वर्षसम्म उनी फिचर ‘रोयल ट्रेजर’ को होडिङ बोर्डहरु मद्यिरा पसलमा झुन्डिनेछन् भने विज्ञापनका भिडियोहरु टिभीहरुमा प्रशारण हुनेछन् । उनले राम्रो कम्पनीले उत्पादन गर्ने ब्रान्डको हिस्सा बन्न पाएको खुसी व्यक्ति गरिन् । एक परिचित कलाकारले मद्यिराको विज्ञापन गर्दा गलत सन्देश जाँदैन ? फिल्मीखबरको प्रश्नमा उनी भन्छिन्, ‘म आफैं मद्यिरा सेवन गर्दिनँ । अनि मैले विज्ञापनमा काम गर्दैमा अरुले मद्यिरा सेवन गर्नुपर्छ भन्ने सन्देश दिने पनि होइन । मद्यिरा सेवन गर्ने वा नगर्ने त्यो आफ्नो निर्णय हो ।’

उनी यसअघि ‘युटिएल’ जस्ता कम्पनीको ब्रान्ड एम्बेसडरमा नियुक्त भइसकेकी छिन् । उनी अभिनीत तथा निर्देशित नयाँ फिल्म ‘मालिका’ आउँदो तिहारमा प्रदर्शन हुँदैछ । अहिले उनी यही फिल्मको दौडधुपमा छिन् ।