जाजरकोटका शाहीसँग रेखा थापाले गरिन् विवाह - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जाजरकोटका शाहीसँग रेखा थापाले गरिन् विवाह



काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्मात्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन।

पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन।

थापाले आफ्ना प्रेमी बलराम शाहीसँग ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ। उनीहरुले जिल्ला अदालत काठमाडौंमा पुगेर केहि दिन अघि ‘कोर्ट म्यारिज’ गरेका हुन।

जाजरकोट स्थायी घर भएका शाही हाल अमेरिकामा व्यवसायमा संलग्न रहेको बताइएको छ।

निर्माता ओझासँगको करिब १० वर्षको वैवाहिक सम्बन्ध टुटेपछि रेखा केही वर्षयता एक्लो जीवन बिताइरहेकी थिइन्।

आफ्नो विवाहबारे रेखाले भने औपचारिक रुपमा केहि बताएकी छैनन्। सामाजिक सञ्जाल फेसबुकमा उनले पछिल्लो पटक प्रणय दिवसको अवसरमा स्टाटस लेख्दै सबैलाई शुभकामना दिएकी छन।