युवा रेडक्रस सर्कलको आयोजनामा घोडाघोडी बहुमुखी क्याम्पसमा सरसफाई - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युवा रेडक्रस सर्कलको आयोजनामा घोडाघोडी बहुमुखी क्याम्पसमा सरसफाई



ललित जाग्री / सुखड ।
युवा रेडक्रस सर्कलको आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम मंगलबार सम्पपन्न  भएको छ ।

युवा रेडक्रस सर्कल घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष कपिल सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी, मानविकी संकाय विभागिय प्रमुख प्रेम राज चौधरी, अनुसन्धान विभागिय प्रमुख पुष्पराज जैशी, प्रध्यापक संघ सभापति दिपिका भट्ट, उप-प्रध्यापक बिरेन्द्र कुँवर, काँशिराम जोशी , सह-प्रध्यापक प्रेम राज सुवेदी , स्ववियु सभापति जीवन विसी लगायतका रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै क्याम्पस प्रमुख दिनेश राज जोशीले प्रत्येक व्यक्तिले शैक्षिक सामाग्री प्रयोग गर्दा त्यस बाट क्याम्पसकामा हुन सक्ने फोहोर सबैले आफैले उचित ठाँउमा विसर्जन गर्ने हो भने मात्र सरसफाई कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा प्रध्यापक र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । युवा रेडक्रस सर्कल घोडाघोडी बहुमुखी क्याम्पसका उपाध्यक्ष केशव कडेंलको स्वागत मन्तव्य संगै सरु भएको कार्यक्रमको सञ्चालन मोहन एेरले गर्नु भएको थियो।