‘भिआइपी’ले अझै बुझाएनन् रातो पासपोर्ट - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

‘भिआइपी’ले अझै बुझाएनन् रातो पासपोर्ट



काठमाडौं-

व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छैनन् ।

संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ । अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ ।

संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । यो खबर हिमालपोष्टको लागि आजको नेपाल समाचारपत्रबाट लिइएको हो