रियल म्याड्रिडको हार, बार्सिलोना ९० अंकमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रियल म्याड्रिडको हार, बार्सिलोना ९० अंकमा



रियल म्याड्रिड स्पेनिस लिगमा सेभियासँग ३-२ ले पराजित भएको छ। च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको रियल बुधबार सेभियाको घरेलु मैदानमा पराजित भएको हो।

विराम बेन येड्डरको २६ औं मिनेटको गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा स्टिभन एन्जोन्जीको पासमा मिगुएल लायुनले अर्को गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफ २ गोलले पछि परेको रियलले दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको थियो। तर पनि दोस्रो हाफको ५८ औं मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्न सकेनन‌्।

खेलको ८४ औं मिनेटमा उनै रामोसले आत्मघाती गोल गर्दै सेभियालाई ३-० ले अगाडि बढ्न सहयोग गरे।

लगभग खेलमा पराजित भइसकेको रियलका लागि ८७ औं मिनेटमा बोर्जा मायोरालले गोल गर्दै खेलमा फर्कने सम्भावना देखाए। त्यसको ३ मिनेटपछि ९०औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता ३-२ मा ल्याए। उनले पेनाल्टीमै गोल गरेका थिए। त्यसपछि बाँकी समयमा गोल भएन र खेल खरेलु टिमले ३-२ले जित्यो।

योसँगै रियलको ३६ खेलमा ७२ अंक भएको छ। ७५ अंकसाथ दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ३ अंक अझै पछाडि छ। बार्सिलोना अपराजित रहँदै ९० अंकमा छ।