बल्ल आयो कोरोनाको वास्तविक फोटो : वैज्ञानिकले पहिलोपटक खिचे - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बल्ल आयो कोरोनाको वास्तविक फोटो : वैज्ञानिकले पहिलोपटक खिचे



एजेन्सी- कोरोना भाइरस सङ्क्रमणले विश्व थालिएको छ। चीनको उहानबाट फैलिएको कोरोना भाइरस विश्वकै टाउको दुखाई बनेको छ ।

१ सय सात देशमा फैलीसकेको यो भाइरसबाट करीब १ लाख मानिस संक्रमित भएका छन् । यद्यपी केहि मानिसहरू भने उपचारपछि घर फर्किएका छन्

विश्व स्वास्थ्य सङ्गठनले संकटकाल नै लगाउनु परेको यो भाइरसको औषधि पत्ता लगाउनका लागि वैज्ञानिकहरुले भरमग्दूर प्रयास गरिरहेका छन्, तथापि अझैसम्म यसको भ्याक्सिन पत्ता लागेको छैन।

यद्यपि वैज्ञानिकहरुलाई कोरोना भाइरस विरुद्धको लडाइँमा एउटा सफलता प्राप्त भएको छ । त्यो के भने वैज्ञानिकहरुले कोरोना भाइरसको वास्तविक तस्वीर खिच्न सफल भएका छन् ।

चीनको सेनझेन थर्ड अस्पताले कोरोनाको खास चीत्र सार्वजनिक गरेको हो । अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरिएको हो ।

डेलीमेलका अनुसार तस्वीर लिनुअघि वैज्ञानिकहरुले भाइरसलाई निस्क्रिय पारिदिएका थिए, ता की भाइरस स्थीर नहुँदा प्रष्ट तस्वीर खिच्नमा बाधा नपुगोस् । भाइरसको नमूनालाई सुरक्षित राखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा प्रामाणिक परिमाण भएको बताइएको छ ।

कोरोना भाइरसको वास्तविक तस्वीर खिच्न प्राप्त सफलताले यो भाइरसको उपचारको खोजी गर्ने कार्यक्रमा सघाउ पूराउने विश्वास वैज्ञानिकहरुको छ । यसले भाइरसको जिवचक्रका बारेमा बुझ्न पनि सहयोग गर्नेछ ।

भाइरसकेो तस्वीर खिच्ने शोधकर्ता टोलीका सदस्य प्राध्यापक लियू चुआंग भन्छन्, ‘भाइरसकोे उपस्थिति जुन हामीले देख्यौँ, त्यो विल्कुलै प्राकृतिक रुपमा पाइने भाइरसको जस्तै छ ।’

वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमित मानव सरीरको कोशिकाको पनि तस्वीर खिच्न सफल भएका छन्।

स्मरण रहोस् हालसम्म कोरोना भाइरसको भनी प्रयोग हुँदै आएको तस्वीर चाहीँ अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर मात्र हो ।