उर्जा सचिव भारत जाँदा भीम रावलको टाउको दुखाई - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

उर्जा सचिव भारत जाँदा भीम रावलको टाउको दुखाई



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल ऊर्जासचिवको भारत भ्रमण किन गरेको भन्दै भड्किएका छन् । रावलले उर्जासचिव भारत जानू र छलफल गर्नुलाई सामान्य मान्न्न नसकिने बताएका छन् ।

उपाध्यक्ष रावलले ऊर्जासचिवको भारत भ्रमणमा के कुरा भयो, तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग अमेत गरेका छन्।

‘ऊर्जा सहकार्यको विषयमा ‘सकारात्मक छलफल’ भन्नाले के विषयमा कस्तो कुरा भयो ऊर्जा मन्त्रालयले प्रस्ट पार्नुपर्ने उनको माग छ।

‘नेपालका ऊर्जा सचिवको भारत भ्रमणमा ‘ऊर्जा सहकार्यको विषयमा’ ‘सकारात्मक छलफल’ भन्नाले के विषयमा कस्तो कुरा भयो मन्त्रालयले तुरून्त सार्वजनिक गर्नुपर्छ,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो विषयमा कुरा गोप्य राख्नु जलस्रोतको उपयोगमा फेरि अवाञ्छित साँठगाँठ हुन लाग्यो कि भन्ने आशंका हुन्छ। किनकि विगतका अनुभव तीता छन्।’