भीम रावलको जिल्ला बन्यो एकीकृत समाजवादीको किल्ला - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भीम रावलको जिल्ला बन्यो एकीकृत समाजवादीको किल्ला



नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछाममा एकीकृत समाजवादीले राम्रो मत ल्याइरहेको छ ।

अछाम-१ बाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहरालाई चार हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचि भएका हुन्।

एकीकृत समाजवादीका उम्मेदवार कुँवरले १९ हजार ५३४ मत पाए भने एमालेका उम्मेदवार बोहराले १५ हजार ४५ मत पाए।

त्यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार ३९२, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१, स्वतन्त्र उम्मेदवार मोहनबहादुर बोगटीले १७१ र हिकमत कुँवरले १०२ मत पाए।