भीम रावलका कारण बन्द सत्र सुरू हुन सकेन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भीम रावलका कारण बन्द सत्र सुरू हुन सकेन



चितवन- चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू हुन सकेको छैन। आज ११ बजेका लागि तय गरेको महाधिवेशनको बन्द सत्र अहिलेसम्म पनि सुरु हुन नसकेको छैन।

एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षको दावी नछोडेपछि बन्द सत्र अहिलेसम्म सुरु हुन नसकेको हो। आफूलाई सर्वसम्मत अध्यक्षको घोषणा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना पक्षका नेताकार्यकर्तासँग छलफलमा जुटेका छन्।

यता उपाध्यक्ष रावल पनि आफ्ना पक्षका नेता कार्यकर्तासँग छलफलमा जुटेका छन्।