भीम रावलले भने: आगामी चुनावमा एमालेको झन् ठूलो पराजय हुनेछ - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

भीम रावलले भने: आगामी चुनावमा एमालेको झन् ठूलो पराजय हुनेछ



काठमाडौं । नेकपा एमालेमा द्वन्द्व चर्किमे देखिएको छ । नेता घनश्याम भुसाललाई कारबाही हरेपछि ध्रुवीकरण भएका नेताहरू पक्ष विपक्षमा बोल्न थालेका छन् ।

एमाले नेता भीम रावलले पछिल्लो समय पार्टीभित्र बढ्दो विवादबारे प्रतिक्रिया दिँदै भनेका छन्, विगतको संस्थागतरुपमै समीक्षा गरौं, नत्र आगामी चुनावमा झन् ठूलो पराजय भोग्न बाध्य हुनेछौं ।

पार्टी अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेपछि उत्पन्न विवादप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ’, उनले भनेका छन्, ‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ।’

भुसालले एक टेलिभिजन अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको ‘म’वादका कारण स्थानीय चुनावमा पराजय व्यहोर्नुपरेको बताएका थिए । भुसालको भनाइ पार्टीको मर्मविपरीत भएको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । रावल र भुसाल एकै समूहका हुन् ।