भीम रावलले नेताहरूलाई भने- लज्जास्पद र निन्दनीय - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भीम रावलले नेताहरूलाई भने- लज्जास्पद र निन्दनीय



नेकपा एमालेका नेता भीम रावलले नेपालको राष्ट्रपति को हुने भनेर विदेशीले नाम दिन थालेको टिप्पणी गरेका छन्।

आगामी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच गलतफती भइरहेका बेला एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपालका शीर्ष नेताहरूले ‘पद’का लागि गरिने छलफलमा दिने समयको आधा मात्र देश र जनताका समस्या समाधानका विषयमा दिए देशको हित हुने टिप्पणी रावलले गरेका छन्।

रावलले लेखेका छन्, ‘पदका लागि ‘शीर्ष’ नेताहरूले जति छलफल गरेका छन्, त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?’

नेताहरूले राष्ट्रिय राजनीतिलाई तल्लो तहमा झारेको आरोप पनि एमाले नेता रावलले लगएका छन्।

उनले भनेका छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले। लज्जास्पद र निन्दनीय।’