कमल थापालाई एमालेको टिकट दिनु अनैतिकताको नमूना- भीम रावल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कमल थापालाई एमालेको टिकट दिनु अनैतिकताको नमूना- भीम रावल



काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन्।

उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे। उनले लेखेका छन्,‘ अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने। निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो !’