ओली र रावल सँगसँगै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओली र रावल सँगसँगै



चितवन : नेकपा (एमाले)को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको मत परिणाम घोषणा तथा शपथ ग्रहण कार्यक्रम अहिले भइरहेको छ।

सौराहास्थित सेभेनस्टार होटल परिसरमा जारी कार्यक्रममा केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित पदाधिकारीको नाम र उनीहरुले प्राप्त गरेको मत परिणाम घोषणा गर्नेछ। त्यसपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गर्नेछन् ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन्। उनले भीम रावललाई पराजित गरेका हुन्। कार्यक्रममा रावल ओलीसँगै बसेका छन्।