जबराबारे भीम रावलले मुख खोले: उठाए ‘साँठगाँठ’ र 'छानबिन'को कुरा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

जबराबारे भीम रावलले मुख खोले: उठाए ‘साँठगाँठ’ र ‘छानबिन’को कुरा



काठमाडौं- सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषय पेचिलो भैरहेको बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधान्यायाधीश जबरासम्बन्धी विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

जबराले सर्वोच्चमा राजनीति गरेको भन्दै चौतर्फी विरोध भैरहेको छ । यस्तैमा आफ्ना क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश जबराले नैतिकताको बोध गर्नुपर्ने नेता रावलको सुझाव छ।

साथै रावलले लोकतन्त्र रक्षाका लागि राजनीति र अदालतको ‘साँठगाँठ’ अन्त्य हुनुपर्ने बताएका छन्।

‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्रन्याको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ,’ एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ।’