रावल लगायतका नेताहरू बालकोटमा, ओलीसँग निर्णायक वार्ता गर्दै - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

रावल लगायतका नेताहरू बालकोटमा, ओलीसँग निर्णायक वार्ता गर्दै



काठमाडौँ । अन्तिम समयमा माधव नेपालको साथ छाडेर मध्यमार्गी बनेका नेकपा एमालेका नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

एमाले विभाजन हुनुअगावै नेपाल पक्षमा रहेका तर विभाजन भइसकेपछि नेपाल समूहमा नगएका स्थायी कमिटी सदस्यहरु एमाले एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

१० बुँदे सहमति कार्यान्वयनका लागि दिएको अल्टिमेटम सकिनु एक दिनअघि उनीहरूले ओलीसँग वार्ता गर्न लागेका हुन्। एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका हुन्।

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।