प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल



काठमाडौं । एमाले नेता भीम रावल प्रधानमन्त्री देउवामाथि खनिएका छन् । रावलले ‘एमसीसी सम्झौता अरूले नपढेको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामन्ती दम्भ’ देखाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन समारोहमा ‘एमसीसी राष्ट्रघाती’ भन्नेले नपढेको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता रावलले देउवाले ‘आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति’ गरेको आरोप लगाएका छन् ।

“प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ । सम्झौतामा ‘कहीँ राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नाङ्गो भक्ति हो,” रावलले सोमबार ट्विटरमा लेखेका छन् ।

रावल एमसीसी सम्झौताका कडा आलोचक हुन् । प्रधानमन्त्री देउवा भने एमसीसीलाई संसद्बाट पास गराउनुपर्ने बताउँदै आएका छन् ।