एमसीसी संसदबाट पारित भए देशमा समानान्तर सरकार बन्छ: रावल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एमसीसी संसदबाट पारित भए देशमा समानान्तर सरकार बन्छ: रावल



काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले एमसीसी संसदबाट पारित भएमा समानान्तर सरकार बन्ने खतरा रहेको बताएका छन् ।

एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने उल्लेख गर्दै रावले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले एमसीसी संशोधन नगरी संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए ।

नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहोर्‍याए । उनले एमसीसी सम्झौंता संशोधन गरि अगाडि बढाउन आफू पनि सहमत रहेको बताए ।

नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने बताए ।