रावलले भने: बास्कोटा लगायत सबैलाई कडा कारबाही गर्नुपर्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

रावलले भने: बास्कोटा लगायत सबैलाई कडा कारबाही गर्नुपर्छ



काठमाडौ- पार्टीभित्रै सरकारको आलोचना गर्न सक्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणको गहिराइमा गएर छानबिन गर्नु पर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्‍जाल ट्विटरमा उनले भनेका छन्, ‘सुरक्षण मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक छ। कसैलाई ससानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुनुहुँदैन।’

यसअघि निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको बार्गेनिङ गरेको अडियो टेप सार्वजनकि भएको थियो। उक्त अडियो टेप प्रकरणले उनले राजनीनामा दिनु परेको थियो।

रावल सरकारले गरेका गलत कामको बिरोध गर्नेमध्यका नेकपाका एक नेता मानिन्छन । पछिल्लो समय उनले एमसीसी सम्झौता देशको हितमा नभएको भन्दै त्यसबिरुद्धको माहोल नै तयार पारेका थिए ।