भारतले होइन र'अले चलाउँछ नेपाल ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतले होइन र’अले चलाउँछ नेपाल !



शिव चालिसे 

नेपाल भारतीय गुप्तचर निकाय र’अको क्रीडा स्थल हो, देश यसैले चलाउँछ। “रिसर्च एन्ड एनालाइसिस विङस ‘RAW’ वास्तवमा धेरैलाई यो विषयमा थाहा छैन। नेपाल भारतले होइन र’अले चलाउँछ।

बेलायतबाट स्वतन्त्र भए पश्चात् भारतमा एउटै गुप्तचर निकाय थियो IB अर्थात् इन्टेलिजेन्स ब्युरो। तर १९ तिर चीनसँगको युद्ध पराजय पछि इन्दिरा गान्धीले आफ्नो बुबा जवाहरलाल नेहरुको अंगरक्षक रामेश्वर काओको नेतृत्वमा २०२५ असोज ६ मा र’अ को स्थापना गरिन्।

यो गुप्तचर निकायले छिमेकी राष्ट्रहरूको राजनीति एवं केही महत्त्वपूर्ण अपरेसनहरु भित्री रूपमा सञ्चालन गर्छ। स्थापना भएको २ साल पश्चात् पूर्वी पाकिस्तान टुक्र्याएर बङ्गलादेश र पछि बि.स. २०३२ मा सिक्किम भारतमा मिलाउने मिसन सफल गरेको थियो।

नेपालमा र’अ को जरो अत्यन्तै बलियो गरी गाडिएको छ।नेपालको राजनीतिक पृष्ठभूमि हेर्दा नेपाली काँग्रेसले नेपालको अवस्था हेरेर भारतीय भूमिको सहयोगबाट ३ ओटा सङ्घर्ष गर्‍यो २००७,२०१८,पछि २०३०-३१ को सङ्घर्षमा र’अ को पनि सहयोग रहेको थियो। जब र’अको आन्तरिक कुरा बिपिले बुझे त्यो कुरा उनलाई चित्त बुझेन। बिपि राष्ट्रियताको दृढताले गर्दा भारतको “एस म्यान ” हुन सकेनन ,काँग्रेससँग कुरा बाझियो र इन्दिरा गान्धीले बिपिलाई भारत छोड्न बाध्य बनाइन्।

बिपिले राष्ट्रिय मेलमिलाप नीति लिएर २०३३ सालमा स्वदेश फर्के । काँग्रेसको त्यो पछिको राजनीतिक यात्रा अत्यन्तै पिडादायी भयो। २०४६ को आन्दोलन हुँदै देश अघि बढ्दा र’अ ले कतै हात हाल्न पाएको थिएन।र नेपालमा छिर्न अनेकौँ प्रयास गरेको थियो तर तत्कालीन बिपिले र’अको आन्तरिक कुराहरू बुझिसक्नु भएको थियो त्यसै कारणले उहाँले संम्यमता अपनाउनु भयो। राजनीति घटनाक्रममा जब २०५२ मा माओवादको उदय भयो र’अको लागि ढुङ्गा खोज्दा देउता मेले झैँ भयो। भारतमा माओवादीलाई खुला रूपमा राजनीति गर्न आफ्नो भूमि प्रयोग गर्न दिने र यता नेपालमा पनि माओवादी परास्त गर्न सहयोग गर्छु भन्ने दोहोरो खेल खेल्दै नेपालमा आफ्नो कदम राख्न सफल भयो हालको वर्तमान अवस्थामा झन्डै १८ हजार प्रत्यक्ष या अप्रत्यक्ष र’अको तलब खाएर काम गर्ने नेपालीहरू रहेको कुरा बुझिन्छ।

राजनीतिक दल, पत्रकार, आदिवासी, जनजाति एवं पिछडिएका वर्ग सम्म यसले आफ्नो संजला फिजाएको छ।मिलेसम्म प्रत्यक्ष ,नभए भारतीय राजदूतावास र NGO /INGO को मार्फत काम गरिरहेका छ्न। अर्को पाटो राजा बिरेन्द्र कहिले पनि अरूको दबाबमा काम गर्न चाहान्न थिए। राजिब गान्धीसँग उनको राम्रो सम्बन्ध थिएन तर इन्दिरा गान्धीसँग भने राम्रो सम्बन्ध थियो। पछि इन्दिरा गान्धी आफ्नै अंगरक्षकद्वारा मारिए पछि पछिल्लो समय राजा र दिल्ली संम्बध खास राम्रो भएन। यता राजाको रिस पोख्न माओवादीलाई अप्रत्यक्ष र’अले निरन्तर सहयोग गरिरयो। बिरेन्द्र देश र जनताको लागि कुनै कदम चाल्ने रणनीतिमा थिए। भारतको कमसल हतियारले माओवादी परास्त गर्न नसकिने भए पछि जर्मनमा निर्मित जी ३३ हतियार ५००० थान ल्याउने, त्यसको एसेम्बिलिङ र गोली काठमान्डौको सुन्दरीजलमा राखेर अन्य देशमा समेत निर्यात गर्ने सम्मको प्लानिङ भइरहेको थियो। र’अले यो कुरा प्रत्यक्ष हेरिरहेको थियो।

केही समय पश्चात् २०५७ फाल्गुनमा चीनको बोआओ सम्मेलनमा भाग लिएर दुई देशको केरुङ-रसुवा नाका चीनले खोलिदिने निर्णय सम्म गरेर आए। राजा बिरेन्द्र आत्मानिर्भर हुँदै थिए। जब माओवादीका शीर्ष नेता भारत छोडेर रोल्पा फर्किए, यता बिरेन्द्र प्रतिनिधि सभा भङ्ग गराएर गोलमेच गर्दै माओवादीको राष्ट्रिय सरकार बनाउने “अप्रेसन बाज” नामक कदम अघि चाल्दै थिए।अन्तिम अवस्थामा यो कुराको गोप्य फाइल सँगै २०५८ जेष्ठमा दरबार हत्याकन्ड घट्यो। जुन घटना दीपेन्द्रको विवाह सम्बन्धीको किचलो, अन्य राज परिवारलाई बिरेन्द्र महेन्द्र जस्तो कडा स्वभाव नभएर माओवादीलाई परास्त पार्न नसकेको आरोप या अन्य विदेशी एजेन्सिको हातमा दरबार हत्याकाण्ड घट्यो जुन आज सम्म रहस्यमय नै छ।

बिरेन्द्रको बंशनास पछि २०५९ मा र’अका उपप्रमुख जेके सिन्हा नेपाल आए। दरबार र माओवादी वार्ता नहोस् भन्ने हेतुले राजनीतिक दल र अन्य विशेषलाई भेटेर राजा ज्ञानेन्द्र विरुद्ध माओवादीसँगै आन्दोलन गर्नलाई अन्य दललाई उस्काएर उनी फर्के। माओवादी र दरबार भारतकै सहयोग बिना मिले त्यसको जस भारतले नपाउने जस्तो देखेपछि बिरामीको नाटक गर्न लगाएर सुर्यबहादुरलाई दिल्ली बोलाएर लोकेन्द्र बहादुर चन्दलाई हटाएर सुर्यबहादुर थापालाई र’अले प्रधानमन्त्री बनायो। थापा प्रधानमन्त्री बने बापत भारतले सिधै गाउँ तहसम्म बिना रोकतोक लगानी गर्न पाउने, दूतावासमा हतियारधारी कमान्डो राख्ने, बिरगंजमा भारतीय महाबाणिज्य दूतावास राख्ने, सर्तमा प्रधानमन्त्री भए । र’अ को सबै भन्दा ठुलो उपलब्धि भनेकै यही थियो, जुन बेला त्यो सर्तले र’अ तराई झर्न पायो त्यसकै असर हो २०६३ को मधेस आन्दोलन। बाबुराम लगायत माओवादी नेताहरूको भारत बस्दा प्रत्यक्ष र’अका सबै अधिकारीहरू सँग सम्बन्ध राम्रो थियो। पछि IB ले माओवादी र र’अले नेपाल हेर्न थाल्यो किनकि माओवादीको प्रभाव भारतीय नक्सलबादीमा देखिन थाल्यो अन्ततः २०६१ मा प्रचण्डले आफूलाई नै असुरक्षित महसुस भएको ठाने र रोल्पा नै फर्किए।

अन्त्यमा, २०६० सालमा तराईका जिल्लाहरूमा विकास कार्यक्रमको नाउँमा स्थापित भारतीय महाबाणिज्य दूतावास र’अको बेस क्याम्प नै भन्दा फरक पर्दैन। नेपालमा बृहत् शान्ति संझौताको खाका र’अले नै कोरेको विभिन्न पुस्तकहरूमा यस अघि नै आइसकेको छ। पछि प्रचण्ड प्रधानमन्त्री भए पश्चात् पशुपतिको पुजारी काण्ड र कटुवाल काण्ड पछि प्रचण्ड आफैले म असुरक्षित छु भन्नुको पछाडि धेरै कुराहरू लुकेको बुझिन्छ ।

त्यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि २०६९ वैशाख अन्तिममा र’अका चिफ सन्जिब त्रिपाठी आफै नेपाल आएर शिर्ष नेताहरूलाई भेटे। एभरेस्ट होटेलको ५औ तलामा सुधीर शर्मा र बिजयकुमारले केपी ओली र र’अको चिफ सँगै बैठक बसेको सबुत नै आफ्नो पुस्तक प्रयोगशालामा उदृत गरेका छ्न्। त्यो समयको भेटको परिणामले जेष्ठ १४ मा संविधानसभा भङ्ग भयो यो दोष तत्कालीन प्रधानमन्त्री बाबुराम, केपी ओली एवं अरू सबै पाटीहरूलाई नै लगाउँदा फरक नपर्ला। हाम्रो नेपालका हरेक पाटीका शिर्ष नेताहरू नै र’अको एजेन्ट छ्न। २ वर्ष अघि मात्र बाबुरामको त र’अको एजेन्ट भनेर नेपालको ७४ नम्बरको भएको आइडि कार्ड समेत बाहिरिएको थियो। नेपाल तर्फ ७४ नंबारमा उन्को नाम आयो भने ७३ जना कोको होलान् त? उनिमात्र हैन नेपालको धेरै नेता,पत्रकार एब मानवअधिकारबादी समेत छ्न् भन्ने आशङ्का गरिन्छ।

पछिल्लो घटनाक्रममा कमलादीस्थित होटेलमा हतियारधारी भारतीय जासुसीहरु पक्राउ नपरेको भए ठुलै हात्सा हुनसक्थ्यो। त्यस्तै ५ महिना अघि भारतीय गुप्तचर र’अको प्रमुख नै नेपाल आएर राजनीतिक दललाई भेटेर गएका थिए। बाम गठबन्धन पनि र’अकै सक्रियतामा भएको भन्ने बुझिन्छ। पछि केपी ओली अस्वस्थ भएर थाइल्यान्ड हानिए सँगै भारतीय गुप्तचर र’अका प्रमुख अनिल कुमार धसमान पनि अघिल्लो दिन नै थाइल्यान्ड पुगेर ओलीसँग गोप्य भेटवार्ता पश्चात् ओली नेपाल फर्केर प्रधानमन्त्रीको बाग्डोर सम्हाले।

त्यस्तै केही महिना अघि पाकिस्तानमा पक्राउ परेका र’अका अधिकारी कल्भसन यादवले एक मदेश नारा बोकेका सिके राउत तथा अन्य मधेसका नेताहरूलाई पटक-पटक भेटेको कुरा बहिर आएसँगै र’अको अबको मिसन भनेकै मधेसलाई उचालेर सिके राउतको अग्रसरतामा नेपालको मधेस टुक्र्याउनु हो। सिके राउतलाई पक्राउ गर्दा छुटाउन दबाब दिने हाम्रा मानवअधिकारबादीहरु प्रति पनि ठुलो आशङ्का उत्पन्न भएको छ। र’अको जालो नेपालमा कति छ र को को संलग्न छ्न् भन्ने कुरा अझै भोलिको गतिविधिहरूले प्रस्ट नै गराउला।

जय स्वाभिमान!जय नेपाल !!