रौतहट ४ मा कांग्रेसबाट रविनचन्द्र कोइरालालाई उम्मेदवार बनाउने तयारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रौतहट ४ मा कांग्रेसबाट रविनचन्द्र कोइरालालाई उम्मेदवार बनाउने तयारी



रौतहट- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट रविनचन्द्र कोइरालालाई उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार अहिले जिल्ला जिल्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि क्षेत्रीय कमिटीले उम्मेदवार सिफारिसको काम गरिरहेको छ । आम मतदातादेखि पुरै जनता यतिबेला पढेलेखेका र युवा उम्मेदवार खोजि गरिरहेको भन्दै कांग्रेस रौतहटले युवा नेता कोइरालालाई प्रतिनिधिसभा उम्मेदवारका लागि केन्द्रमा सिफारिस पठाउने तयारी गरेको हो ।

क्षेत्रीय बैठकदेखि अनौपचारिक छलफल सम्ममा पार्टीका अधिकांश नेताहरुले उम्मेदवार सिफारिस गर्दा लोकप्रियता, सक्षमता, पार्टी तथा जनताप्रति इमानदारीता आधार मानेर मात्र गर्ने मापदण्ड बनाएका थिए ।

सोही आधारमा कोईरालाको पक्षमा जिल्लाभित्र राम्रो माहोल बन्दै गएको छ । कोईराला आफैपनि जिल्लाभित्र सक्रिय भएर चुनावी तयारीमा लागेका छन् ।

विकासवादी नेताको छबि बनाएका कोईराला जिल्लामा मतदाताहहरुबिच लोकप्रिय रहेका छन् । विगतको निर्वाचनमा वाम गठबन्धन बिरुद्ध समेत कांग्रेसले जित निकालेको यस क्षेत्र कांग्रेसको बलियो गढको रुपमा चिनिन्छ ।