रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बुधबार युवराज सफलले रिट दायर गरेका हुन् ।
रिटमा लामिछाने, निर्वाचन आयोग, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला प्रशासन कार्यलय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।
यसको प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा आउँदो पुस ६ गते पेसी तोकिएको सफलले जानकारी दिए ।
सफलले यसअघि लामिछानेले नेपालको नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै निर्वाचन अधिकृतसमक्ष उजुरी समेत गरेका थिए ।