अन्तराष्ट्रिय मिडियामा रवी लामिछानेको चर्चा - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

अन्तराष्ट्रिय मिडियामा रवी लामिछानेको चर्चा



काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ।

हालसम्म नेपाली कांग्रेसले ३१ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १९ स्थानमा जित हात पारेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

यस्तै नेकपा माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ७ स्थानमा विजय हाँसिल गरेक छ। पाँचौँ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ जना विजयी भइसकेका छन्। भने दुई जनाको अग्रता कायम रहेको छ।

नेपालको निर्वाचन नतिजालाई भारतीय मिडियाले पनि चासो दिएर हेरिरहेका छन्।​​ भारतीय संचार संस्था आजतकले नेपालको आम निर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थितिले सबै पुराना पार्टी र नेताको निद हराम गरिदिएको भन्दै समाचार प्रकाशन गरेको छ।

आजतकले लेखेको छ, ‘नेपालको राजनीतिको चाल, चरित्र र मुहार बदल्ने प्रयास गर्ने भन्दै राजनीतिमा होमिएको उक्त पार्टीले प्रतिनिधि सभामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ। दुई–चार ठूला दलका केही ठूला नेताको चंगुलमा फसेको नेपालको राजनीतिलाई मुक्त गर्न नेपाल स्वतन्त्र पार्टीले पहिलो पटक ‘घण्टी’ चिह्न लिएर उम्मेदवारी दिएको थियो।’

बिबिसी हिन्दी लेख्छ, ‘ नेपालको आसन्न चुनावमा अहिले नयाँ पार्टीका युवा अनुहारलाई जनताले रुचाएका छन्। मूलधारका दलबाट नेपालका आम जनता निराश भएको र यो परिणाम पनि त्यही निराशाको अभिव्यक्ति भएको विश्लेषकहरुको ठम्याइ छ।’