चितवन रविको छलाङ: तेस्रोबाट एकैपटक पहिलोमा उक्लिए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

चितवन रविको छलाङ: तेस्रोबाट एकैपटक पहिलोमा उक्लिए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् ।

इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ ।

रास्वपाका प्रवक्ता डा.मुकुल ढकालका अनुसार दिउँसो २ः२५ सम्मको अपडेटमा रविले ४ हजार ७ मत प्राप्त गरेका छन् ।

एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३ हजार ८ सय ७९ छ । यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् ।

ढकालले अहिले जारी मतगणनामा घन्टीलाई अत्यधिक मत आइरहेको बताए ।

अब रविले प्रतिस्पर्धीहरुसँग दुरी बढाउँदै विशाल अन्तरालले चुनाव जित्ने उनको भनाइ छ । अहिले कालिका नगरपालिकाको १ र २ को मतगणना भइरहेको छ ।