रविले प्रचण्डलाई भने- नागरिकका समस्या पञ्छाएर गलत निर्णय गर्नुभयो - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

रविले प्रचण्डलाई भने- नागरिकका समस्या पञ्छाएर गलत निर्णय गर्नुभयो



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागि हुन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका मुद्दा र नागरिकका सवाललाई अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै सरकारमा सहभागि हुन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टी पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सरकारमा सहभागि भैहाल्ने अवस्था नरहेको जवाफ दिएका छन् ।