रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो छानबिन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो छानबिन



काठमाडौं- चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन सुरू भएको छ।

जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरू भएको बताएका छन्।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनुपर्नेमा त्यो नगरेको भन्दै उजुरी परेको थियो।

रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनावसमेत लडेको भन्दै निर्वाचन आयोगमा पनि उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन।

त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो।