अदालतले भन्यो: रवि लामिछाने निर्दोष छन् - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अदालतले भन्यो: रवि लामिछाने निर्दोष छन्



काठमाडौं- पत्रकार रवि लामिछानेले सफाई पाएका छन् ।

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ।

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।

भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।