भोजपुरी अभिनेता रवि किशनले विजय हासिल गरे

भोजपुरी अभिनेता रवि किशनले गोरखपुरको सिटमा ३ लाख १ हजार ६६४ मतान्तरले विजय हासिल गरेका छन्।
भारतीय जनता पार्टीले भारतभरि अभूतपूर्व विजय हासिल गरिरहेका बेला गोरखपुर निर्वाचन क्षेत्रबाट रवि किसन भारी मतान्तरसाथ विजयी भएका हुन्।
अमेठीबाट स्मृति इरानीले राहुल गान्धीलाई पराजित गरिसकेकी छन् भने अन्य कलाकार सन्नी देवल र हेमा मालिनी पनि जितको नजिक पुगिसकेका छन्।
समाजवादी पार्टीका उम्मेदवार रामभुआल निशादलाई रवि किशनले भारी मतान्तरले हराएका हुन्।

