राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई २१ दिनमै गर्यो कारबाही
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई कारबाही गरेको छ । हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई पार्टीले निलम्बन गरेको हो ।
न्यौपाने नगर संयोजक बनेको २१ दिनमै निलम्बनमा परेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको छ ।
पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा. मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन् ।
गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो ।