देशको नेतृत्व गर्ने अवसर दिनुहोस्, २४ घण्टामा सबै बेथिति ठिक पार्छु: रवी लामिछाने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

देशको नेतृत्व गर्ने अवसर दिनुहोस्, २४ घण्टामा सबै बेथिति ठिक पार्छु: रवी लामिछाने



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनताले देशको नेतृत्व गर्ने अवसर दिएको खण्डमा २४ घन्टाभित्रै बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले बेथितिको चंगुलबाट मुक्त गराउने संकल्प रहेको सुनाए।

‘‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु, नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु। मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु’’ उनले भने।

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने बताए।

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए। लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्कोपटकको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने अपेक्षा राखेको बताए।