चितवनमा अचम्मको घण्टी 'क्रेज'- हजार गन्दा ८ सय ९० मत रवीलाई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

चितवनमा अचम्मको घण्टी ‘क्रेज’- हजार गन्दा ८ सय ९० मत रवीलाई



काठमाडौं- देशभर राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिन्हमा अचम्मको ‘क्रेज’ देखिएको छ । त्यसमाथि चितवन–२ मा उक्त सभापति रवि लामिछानेमाथि देखिएको ‘क्रेज’ अचम्मको छ ।

मतगणनाको सुरुमा निकै पहाडी परेका रवीले अहिले चमत्कार गरिरहेका छन् । उनको पछिल्लो अग्रता आश्चर्यलाग्दो छ । पहिले निकै पछाडी रहेका लामिछानेले एकाएक अग्रता लिँदै निकै अगाडी बढेका छन् ।

मतगणना सहरी क्षेत्रमा प्रवेश गरेपछि लामिछानेलाई एकलौटी मत आइरहेको बताइएको छ । मंगलबार साँझ सम्म तेस्रोमा रहेका रवीले आश्चर्यमा पार्नेगरी अग्रता लिएका छन् ।

मतगणनामा संलग्न एक कर्मचारीका अनुसार कालिका नगरपालिकाबाट उनको लागि मत आउन सुरू भएको थियो । त्यसपछि उनलाई लगातार निकै राम्रो भोट आइरहेको छ । उनका अनुसार एकपटक लगातार १ हजार मत गन्दा घण्टीमा मात्रै ८ सय नब्बे मत आएको थियो ।

१६,७५६ मत गणना हुँदा रविले ६,६२४ मत ल्याएका छन् ।एमालेका कृष्णभक्त पोखरेलले ४,७५४ मत ल्याएका छन् । कांग्रेसका उमेश श्रेष्ठ ४,३१६ मतले अगाडि छन् ।

रवि दोस्रो स्थानका पोखरेलभन्दा १,८७० मतले अगाडि छन् ।