रवि लामिछाने पनि पुगे बालकोट- ओलीसँग छलफल गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् ।
उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनको निवास बालकोट गएका हुन् ।
ओली र लामिछानेबीच नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।
आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि बालकोट पुगेका थिए ।