रवी लामिछानेलाई आकस्मिक पक्रनुको रहस्य खुल्यो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

रवी लामिछानेलाई आकस्मिक पक्रनुको रहस्य खुल्यो



पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा २० साउनमा झुण्डिएको अवस्थामा फेला परे । सुरुवातमा उनको आत्महत्या भनिएपनि घटनाले अलि फरक मोड लिंदै गयो । यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साउन २९ गते पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो नै एक अनलाईन मार्फत सार्वजनिक भयो । यसपछि भने यो प्रकरणले सामाजिक सञ्जाल देखि आम जीवनसम्म चर्चाको बिषय बनेको छ ।

प्रहरीका अनुसार भिडियो सार्वजनिक हुनु अगावै नै टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अनुसन्धान अगाडि बढाइसकेको थियो । पछिल्लो समय भाइरल बनेको भिडियो प्रहरीले भने घटना लगत्तै पाएको र त्यसलाई पनि आधार बनाएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ।

सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ।

प्रहरीले भाइरल बनेको उक्त भिडियोलाई ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ का रुपमा अर्थ्याएको छ । यस्तो कथन पनि प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्ने प्रहरीको दाबी छ।

आकस्मिक पक्राउ गर्नुको रहस्य

बिहिबार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की लगिएसंगै सामाजिक सञ्जालमा दिई खाले चर्चा छन् । यति सम्म कि कतिले त रविलाई पक्राउ नै गर्न नहुने तर्क समेत गरेका छन् ।

यस बिषयमा हामीले प्रहरीसँग बुझ्न खोज्दा प्रहरी स्रोतले भिडियो मात्रै नभएर लगातार गरिएको अनुसन्धानबाट अरु पनि प्रमाण भेटिएकोले अनुसन्धानका लागि ल्याईएको बतायो । प्रहरीका अनुसार लामिछानेले पुडासैनीमाथि निरन्तर निगरानी गरेको भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार बिहिबार रातिको ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा पुडासैनीले आरोप लगाएकी युवती अस्मिता कार्कीलाई लाइभ ल्याउने तयारी थियो । त्यो भन्दा अगाडी नै युवतीलाई प्रहरीले पक्राउ गरेपछि सो युवतीसँग बयान लिँदा युवराज र रवीको नाम समेत जोडेकोले उनीहरूलाई आकस्मिक पक्राउ गर्नुपरेको थियो ।