सिके राउतले दिए प्रहरी प्रमुखलाई जनकारबाही गर्ने धम्की - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सिके राउतले दिए प्रहरी प्रमुखलाई जनकारबाही गर्ने धम्की



काठमाडौं । सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउतले सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका छन् ।

राउतले सामाजिक सञ्जालमार्फत २४ घण्टे धम्की दिएका हुन् । उनले २४ घण्टाको अल्टिमेटम सहित पाण्डेलाई सिराहा चोकमा ‘जनकारवाही’ गर्ने भन्दै फेसबुकमार्फत खुल्ला धम्की दिएका हुन् ।

राउतले फेसबुकमा लेखेका छन्, ‘यदि २४ घन्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारवाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारवाही हुन्छ ।’

राउतले अगाडी लेखेका छन्, ‘२०७३ सालमा ‘स्वराजी’ को डरले गहुँ खेतमा सुसु गर्न परेको सम्झाना नै होला । फ्रान्सेलीक्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए थाहा नै होला ।’

राउतको पार्टीले अहिले विभिन्न मागसहित सिरहामा आन्दोलन गरिरहेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दुई दिन निषेधाज्ञा जारी गरेको छ ।