रन्जुको 'रातो सारी'मा यसरी अल्झिए कृष्ण (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रन्जुको ‘रातो सारी’मा यसरी अल्झिए कृष्ण (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली गीत सङ्गीतको बजारमा यति बेला सभ्यता क्रिएसनको प्रस्तुतिमा रन्जु अधिकारीको तिज साङ्गीतिक कोसेली “रातो सारी” सार्वजनिक भएको छ ।

गीतमा खुमन अधिकारी र रन्जु अधिकारीको सुमधुर स्वर रहेको छ । निकै रोमाञ्चक शैलीमा तयार पारिएको गीतको भिडियोमा पछिल्लो समय मोडलिङको क्षेत्रमा जम्दै गरेका मोडल कृष्ण सापकोटा र रन्जु अधिकारीको अभिनय देख्न सकिन्छ ।
रन्जु अधिकारीको लय तथा शब्द सिर्जनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन स्मृति तिमसिना (गुरुआमा) ले गरेकी हुन् भने छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

भिडियो: