यस्तो रहेछ रतनले प्रचण्डलाई जुत्ता हान्नुको कारण - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

यस्तो रहेछ रतनले प्रचण्डलाई जुत्ता हान्नुको कारण



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ।

जुम्लाका २२ वर्षीय युवक रतन तिरूवा जसले जनयुद्धमा बाबुलाई गुमाएका थिए ।

आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए। उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

रतनले आफूले जुत्ता हानेको कारण पनि बयानमा खुलाएका छन्।

रतनले बयानमा भनेका छन्,, ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। रटनले हाल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए।