राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं वार्षिकाेत्सव सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं वार्षिकाेत्सव सम्पन्न



राम बहादुर बिश्वकर्मा

सुखड कैलाली । कैलाली घोडाघोडी नगरपालिका -८ तारानगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं बार्षिकाेत्सव सोमबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खकेन्द्र प्रसाद ठकुल्लाकाे सभापतित्व संगै सुरु भएकाे कार्यक्रमको उद्घाटन प्रमुख अथिती सुदुर पश्चिम् प्रदेशका सामाजिक बिकास मन्त्री कृष्ण राज सुवेदीले पानसमा दिप बालि तथा शान्तिकाे प्रतीक परेवा उडाएर गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथितिको आसनबाट बाेल्दै सुदुर पश्चिम् प्रदेशका सामाजीक बिकास मन्त्री कृष्ण राज सुबेदिले विद्यालयमा देखिएकाे भवन अभाव समस्यालाई चाैडै नै प्रदेश सरकारले समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । साथै मन्त्री सुवेदीले विद्यालयमा शैक्षिक गुणस्तर , विद्यालय निरक्षण र व्यवस्थापन गर्ने काम स्थानीय सरकारलाई दिएको हुनाले स्थानीय सरकारले यसलाई राम्रोसंग हेर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको विशिष्ट अतिथिमा सुदुर पश्चिम् प्रदेश सांसद अमर बहादुर साउँद , घाेडाघाेडी नगरपालिका नगरप्रमुख ममता प्रसाद चाैधरी रहनुभएकाे थियो भने अथितीहरुमा  घाेडाघाेडी नपा वडा नं ६ बडाध्यक्ष बिनाेद बिश्वकर्मा, वडा नं ८ का वडाध्यक्ष भिम बहादुर बोगटी , सुखड शिक्षक शाखाका स्रोत ब्यक्ति राज किशाेर लालकर्ण , बिद्यालय शिक्षक संघका अध्यक्ष झपट प्रसाद भण्डारी लगायतका रहनु भएको थियो ।

आर्थिक २०७५/७६ काे १ कराेड ५५ लाख ८३ हजार ३ सय ५७ रुपैयाँ १३ पैसा बराबर आय व्यय प्रस्तुत गरिएकाे थियाे । जसअन्तर्गत २०७५/७६ काे प्रस्तावित बजेट प्रस्तुत गरिएको थियाे ।

विद्यालयका पुर्व प्र.अ शिक्षक हरिदत्त भट्टकाे स्वागत मन्तव्य संगै सुरु भएकाे कार्यक्रमकाे संञ्चालन शिक्षक गाेबिन्द प्रसाद जाेशीले गर्नुभएकाे थियाे ।