२०७६ जेष्ठ १३, सोमवार

राष्ट्रियताको विषयमा कसैसँग झुक्न हुदैंन : चित्रबहादुर केसी

May 15, 2019
28 Views

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु (छैटौंँ) ले आज ५४औंँ विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यत्रममा उनले मुलुकमा कम्युनिष्ट पार्टीको शासन भएको बेला राष्ट्रियताका सवालमा कसैसँग झुक्न नहुने बताए ।

मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएकाले सरकार सचेत रहनुपर्ने अध्यक्ष केसीको भनाइ थियो । उनले नागरिकता वितरण गर्ने प्रणालीलाई कडाई गर्नुपर्ने बताए । नागरिकता वितरण प्रणाली खुकुलो बनाएकाले भारतीयले समेत नेपाली नागरिकता लिएको अध्यक्ष केसीले उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले अन्य मुलुकजस्तै नेपालमा पनि नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताए । उनले नागरिकता वितरणमा कडाई नगरे मुलुकको राष्ट्रियतामा गम्भिर असर पर्ने बताए ।

कम्युनिष्ट पार्टीको विधि विधानलाई टेकेर नै आफूले राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएको नेता रावलको भनाइ थियो । “माध्यमिक तहको पाठ्यक्रममा राष्ट्रियताको विषय समेटिएको विषयवस्तु समावेश गर्नुपर्छ”, उनले भने । कार्यक्रममा अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियताको रक्षार्थ विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।रासस

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares6 views
विचार/लेख
0 shares6 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares40 views
राजनीति
0 shares40 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…