राष्ट्रपतिसँगै माधव नेपाल पनि चीन प्रस्थान - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

राष्ट्रपतिसँगै माधव नेपाल पनि चीन प्रस्थान



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् ।

चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन् ।

नेता नेपालसँगै ने क पाका नेताहरु भ्रमणमा सहभागि हुँदैछन् । २५ देखि २६ अप्रिलमा बेइजिङमा आयोजना हुने सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहितको उच्च प्रतिनिधि मण्डल पनि सहभागी हुन आजै त्यसतर्फ गएको छ ।