राष्ट्रपतिमा कांग्रेसको यस्तो बार्गेनिङ ! - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

राष्ट्रपतिमा कांग्रेसको यस्तो बार्गेनिङ !



काठमाडौं ।। प्रदेश तथा प्रतिनिधिसभामा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले राष्ट्रिय सभा गठनसम्बन्धी कानुनमा विवाद सिर्जना गरेर भित्रभित्रै राष्ट्रपति पदको बार्गेनिङ गरिरहेको छ ।
बाम गठबन्धनको पक्षमा अपार जनमत प्रकट भएसँगै पाँच वर्षसम्म प्रतिपक्षमा बसनुपर्ने भएपछि कांग्रेसले राज्यका प्रमुख तीन पदमध्ये एक आफ्नो पक्षमा पार्न कसरत अघि बढाएको छ । अहिले कांग्रेसले जुन शैलीमा बार्गेनिङ गरिरहेको छ त्यो नयाँ भने होइन । २०६५ सालमै गरेको दोहोरो भूमिकाको पुनरावेत्तिका रुपमा लिइएको छ ।
२०६५ सालमा पनि संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो शक्ति बनेर आएपछि कांग्रेस यसैगरी अत्तालिएको थियो । नेपाली कांग्रेसले अप्रत्यासति पराजय बेहोरेपछि तत्कालिन प्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइरालाले हत्पति सत्ता छोड्न मानेका थिएनन् । तत्कालीन अवस्थामा निलम्बित हैसियतमा भने थियो भने राष्ट्रप्रमुुखको जिम्मेवारी स्वयं कोइरालाले लिएका थिए । नयाँ जनमत आइसकेको अवस्थामा कोइरालाले सत्ता नछोड्नुको कारण थियो आफै राष्ट्रपति बन्ने बार्गेनिङ । बाहिर भने माओवादीसँग निजी सेना भएकोले सेना समायोनको कुरा नटुंगाई सत्ता हस्तान्तरण हुन नसक्ने दलील पेस गरिएको थियो । अन्ततः कोइराला भूराजनीतिक प्रभावका कारण राष्ट्रपति बन्न सकेनन् । आजको दृष्टि साप्ताहिक मा समाचार छ ।