राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने,को को जान्छन अरु ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने,को को जान्छन अरु ?



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी चीन भ्रमणमा जान लागेको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार भण्डारीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछिन् ।

भण्डारीले चीनिया राष्ट्रपति सि जिन पीङसँग समेत भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही अवसरमा दुई देशबीच तयार भएको पारवहन सम्झौतासम्बन्धी प्रोटोकलमा हस्ताक्षरसमेत गरिने जनाइएको छ ।

राष्ट्रपति भण्डारी समकक्षी जिनपिङद्वारा आयोजित भोजमा समेत सहभागी हुने र अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमासमेत सहभागी हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले उच्च चिनीयाँ नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्यलगायत रहने जनाइएको छ ।

बीआरआईको पहिलो सम्मेलन २०७४ साल ३१ वैशाखदेखि १ जेठसम्म भएको थियो।