राष्ट्रबादी ओली - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

राष्ट्रबादी ओली



राष्ट्रबादी हुँ भन्थ्यो केपी ओलीले सधैँ पहिले,
चीन भन्दा भारत माहान भन्ने कुरा बुझे अहिले।
केपीलाई भारत भन्दा चीन प्यारो हुन्छ भन्थे,
आखिरमा ओलीले चीनलाई किन गन्थे।

वान टु वान वार्ता गर्न बस्यो ओली मोदीसँग,
छेपाराले रङ्ग फेरे झैँ किन फेर्छौ तिमी रङ्ग।
भारत सामु झुक्ने भए किन जनता ढाट्यौ पहिले,
केपी ओलीका असली रूप जनताले देखे अहिले।

पटक पटक भारत भ्रमण तिमीलाई नै गर्नु पर्ने,
सिमानाका जनता किन राता रात मर्नु पर्ने।
जति जनता ढाट्नु ढाट्यौ केपी ओली तिमीले हेर,
जनताको भावनालाई किन तिमीले फाल्यौ खेर।

आखिर जति ढाटे पनि अब राम्रो काम गर,
जनताले विश्वास गरी परी राथे तिम्रो भर।
मुखले बोल्नु भन्दा पनि काम गर केपी ओली,
कसरी विश्वास गरून जनताले तिम्रो बोली।