रसिद खानले देखाए जादु, बंगलादेश पराजित - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

रसिद खानले देखाए जादु, बंगलादेश पराजित



काठमाडौं । रसिद खान छाएपछि बंगलादेशले अफगानिस्तान विरुद्धको पहिलो टी–२० क्रिकेटमा ४५ रनको पराजय बेहोरेको छ । भारतको देहरादुनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको नोक्सानीमा १६७ रन बनायो ।

मोहम्मद शाहजादले ४०, सामिउल्लाह शेलवारीले ३६ उस्मान घानीले २६, कप्तान अस्घर स्टानिजाइले २५ रन बनाए ।

ममुल्लाह र मोसादेक हुसेनले २–२ विकेट लिए ।

जवाफमा बंगलादेशले १९ ओभरमा अलआउट भएर १२२ रन मात्र बनाउन सक्यो । लिटन दासले ३० तथा ममुल्लाहले २९ र बनाए ।

बंगलादेशको गलामा पासो बनेका रसिद खानले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । रसिद म्यान अफ द म्याच भए । शपुर जर्दानले ४० रन खर्चेर ३ विकेट लिए ।

जितपछि अफगानिस्तानले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।