राष्ट्रिय सभा निर्वाचनको मिति र कार्यतालिका सार्वजनिक - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

राष्ट्रिय सभा निर्वाचनको मिति र कार्यतालिका सार्वजनिक



काठमाडौं। राष्ट्रिय सभाको निर्वाचन १२ माघमा हुने भएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि १ पुसदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको छ।

निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएकाले आफ्नो नाम समावेश गर्न दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले नाम थर उमेर, पदलगायत सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिनुपर्ने छ।

यस्तै १८ पुसमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ। २० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका बनाइएकोछ।

यसैगरी २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २४ पुसमा उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाइएको छ।

२५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ भने निर्वाचन चिह्न र र तोकिएका मतदान केन्द्रहरूमा १२ माघको बिहान ९ बजेबाट मतदान हुने कार्यतालिका बनाइएको छ।