कैलाली जिल्ला फुटबल संघप्रती राष्ट्रिय मा.वि.को घोर आपत्ति

विशाल पाण्डेय/सुखड
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम तथा कैलाली जिल्ला फुटबल संघको आयोजनामा संचालन भइरहेको क्विक्स कप अन्तर माध्यमिक विद्यालय प्रतियोगिता प्रती राष्ट्रिय माद्यामिक विद्यालय सुखडले प्रेस विज्ञप्ति जारी गर्दै आज घोर आपत्ति जनाएको छ ।
राष्ट्रिय माद्यामिक विद्यालयका प्र अ राम छविलाद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा धनगढीको क्षेत्रीय रंगशालामा संचालन भइरहेको क्विक्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगितामा राष्ट्रिय माद्यामिक विद्यालयलाई फाइनल खेल्न बाट बन्चित गराइएको उल्लेख गरिएको छ ।
आज बिहान ७ बजे पन्चोदय मावी धनगढीसंग राष्ट्रिय मावी सुखडको सेमिफाइनल खेल हुने भनिएपनी राष्ट्रिय मावि दुरिको हिसाबले करिब ६० किलोमीटर टाढा जानू पर्ने तथा भारी बर्षा पनि परिरहेकोले टिम म्यानेजरले जानकारी गराउदा पनि सुनियोजित तरिकाले नियम विपरीत विद्यालयलाई वाक ओभर हनाइ सेमिफाइनल खेल खेल्नबाट बन्चित गराइएको भन्दै राष्ट्रिय माद्यामिक विद्यालयले घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस्तो विभेदकारी आयोजकले आयोजना गरेको कुनै पनि खेलमा राउमावी सुखड सहभागी नहुने समेत विज्ञप्तमा उल्लेख गरिएको छ ।


