राष्ट्रपति पोखरा पुगेपछि सुरक्षाकर्मीलाई तनाव - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रपति पोखरा पुगेपछि सुरक्षाकर्मीलाई तनाव



राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । मंगलबार हुने कार्यक्रमको लागि उनी पोखरा आएपछि सुरक्षाकर्मी समेत तनावमा छन् ।

सोमबार बिहान बुद्ध एयरको विमानबाट पोखरा पुगेपछि सम्भावित सुरक्षा खतरालाई लिएर प्रहरी तैनाथ थिए । आइतबार मात्रै नागरिकता विधेयक फिर्ता गरेपछि उनीविरुद्ध प्रदर्शन हुनसक्ने भन्दै सुरक्षा बढाईएको बताइएको छ ।

भण्डारी पोखरा महानगरपालिका–१७ विरौटास्थित ग्राण्ड होटलमा बसेकी छन् । मंगलबार उनले त्याहाँका स्थानीय नेताहरू, जनप्रतिनिधिसँग भेटघाट गरेको बताइएको छ ।

मंगलबार हुने कार्यक्रमको लागि उनी अघिल्लै दिन पोखरा पुगेपछि सुरक्षाकर्मी हरूलाई हम्मेहम्मे परेको छ ।

मंगलबार विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी पोखरा पुगेकी हुन् ।

उक्त कार्यक्रमपछि गुरुङ समुदायको एक पर्वमा सहभागी हुने भएकी छन् । राष्ट्रपति सोमबार बेलुका भने अन्नपूर्ण केबलकार पुगेकी थिइन् ।

राष्ट्रपति पुगेपछि पोखराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । उनीविरुद्ध प्रर्दशन हुन सक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जनाएको छ ।