कार्यकारी राष्ट्रपति बन्दै प्रचण्ड - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कार्यकारी राष्ट्रपति बन्दै प्रचण्ड



काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल “बलदेव” ले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजसम्म हरेक कुरामा सफल भएको बताएका छन् । उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पनि छिट्टै हुने दाबी गरे ।

शुक्रबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने,“जनयुद्धदेखि संविधान जारी र हालै भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतासम्म आईपुग्दा अध्यक्ष प्रचण्ड सफल हुनुभएको छ, अब उहाँले भने अनुसार नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय स्वरुप पनि हुन्छ।”

फरक प्रसँगमा मन्त्री खनालले वर्तमान सरकारले भ्रष्टाचार हुन नदिने जिकिर गरे । उनले भने,“हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पनि भनिसक्नुभएको छ, अब भ्रष्टाचार हुन दिन्नौं, सहन्नौं, यदि कसैले गरेको पाईए भ्रष्टहरुलाई कडाभन्दा कडा कारबाही गरेरै छाड्छौं ।”