प्रधानमन्त्री नहुँदा राष्ट्रपति र प्रचण्डबीच दुई घण्टा गोप्य वार्ता - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रधानमन्त्री नहुँदा राष्ट्रपति र प्रचण्डबीच दुई घण्टा गोप्य वार्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक समीकरण अदलबदल गर्न सक्रिय बनेकी राष्ट्रपति विद्या भण्डारी र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रचण्डबीच करिब दुई घण्टा छलफल चलेको स्रोतले जनाएको छ ।

उनीहरूबीच के कुराकानी भयो भनेर खुलाइएको छैन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराइरहेका छन् । ओलीको अनुपस्थितिमा पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डले पाएका छन् ।

राष्ट्रपतिले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको शक्ति सन्तुलन आदिबारे चासो राखेको हुनसक्ने स्रोतको दाबी छ । राष्ट्रपति भण्डारी पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउनसमेत सक्रिय रहेको दाबी स्रोत गर्छ ।